रामेछाप । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न पाचाँै जिल्ला अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध निर्वाचित भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा सागर बोहोरा, महिला उपाध्यक्षमा सम्झना खड्गी, सचिवमा मिलन बि.क., सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतरा रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्रीराजा चन्द्र महत, इश्वर वि.क. अनिता रसाईली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्बिरोध निर्वाचित भएको युनियनले जनाएको छ ।
यसअघी शनिबारनै भएको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाको नेपाली काँग्रेस रामेछापका कार्यबाहक जिल्ला सभापति नबराज थोकरले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ लगाएतले बदलिदो परिस्थितिमा प्रेस जगतले मुलुकमा प्राप्त उपलव्धिको रक्षा गर्दै नागरिकको अधिकारलाई संकुचन हुन नदिन सचेततापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
