दोलखा । दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्कीले प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट प्रभावित परिवारलाई राहत, उद्धार र पुननिर्माणका लागि उक्त सहयोग उपलव्ध गराइएको हो । कार्कीले उक्त रकम बिहिबारनै कोषमा जम्मा गरिसकेका छन् । कार्की यसअघी पनि विभिन्न प्रकोपमा परेका परिवारलाई राहत तथा उद्धारमा सक्रियतापूर्वक सहयोग गर्दै आएका समाजसेवि हुन् ।
