रामेछाप । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगाएतका जिल्लामा पुगेको अकल्पनिय जनधनको क्षति प्रति दुख्ख व्यक्त गर्दै रामेछापको अगुवा सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माण कार्यका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले बिहिबार उक्त रकम कोषमा जम्मा गरेको हो । यसअघी जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संस्था लगाएत विषयगत संघ संस्थाले जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुलाई प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा सहयोग उपलव्ध गराउनका लागि आग्रह गरेका थिए ।