रामेछाप । भदौ १० गते गएको भोटेकोशीमा आएको प्रलयकारी बाढी बाट प्रभावित परिवारको राहत तथा पुननिर्माणका लागि रामेछाप उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष प्रकाशकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त सहयोग उपलव्ध गराउने निर्णय गरेको हो । संघले बुधबारनै कोषमा रकम जम्मा समेत गरीसकेको छ । संघले यसअघी पनि देशमा घटेका ठुला विपतका घटना लगाएत आफ्ना सदस्यहरु प्रकोपमा पर्दा सहयोग गर्दै आएको छ । यस बर्ष देखि सदस्यहरुलाई प्रकोपमा पर्दा दिर्घकालिन रुपमा सहयोग पु¥याउन कोषनै खडा गरेर संचालन गर्न थालेको संघले जनाएको छ ।
