नुवाकोट । त्रिशुली नदीमा आएको भिषण बाढीले रसुवा, नुवाकोट लगाएतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । बाढी तिव्वत क्षेत्रबाट आएको जनाइएको छ ।
बुधबार विहान झण्डै ९ बजेको समयमा बाढी रसुवाको तिव्वत संगको नाका टिमुरेमा बाढी आईपुगेको थियो । त्रिशुलीमा आएको बाढी हाल सम्मकै ठुलो भएको वताइएको छ । बाढीले सिमा नाका टिमुरेमा रहेका घर, गाडी, सरकारी कार्यालय लगाएत बगाएको छ । शसस्त्र प्रहरी लगाएत केहि बेपत्ता छन् । बाढीग्रस्त क्षेत्रमा संचार सम्पर्क टुटेको छ ।
टिमुरे, स्याप्रुबेसी, बेत्रावति, त्रिशुली बजार र नदी किनारका घरहरु बगाएको छ । बगाएका घर, मानिस र भौतिक सम्पत्तिको अनुमान समेत गर्न नसकिने रसुवा प्रशासनले जनाएको छ । क्षतिको हिसावै नभएको अधिकारीहरुले वताएका छन् । अहिले बाढी बाट बच्नका लागि सूचना पुर्याउनमै सरकारी निकाय र सर्वसाधारण जुटेका छन् । नदी किनारका बस्तीहरु डुबेका, बगेकाले हजारौंको हताहती भएको अनुमान गरिएको छ ।

त्रिशुलीमा निर्माण भएका विभिन्न जलविद्युत आयोजना, सडक , मोटर पुल, झोलुंगे पुल, सवारी साधनहरु बाढीले बगाएको छ । बस्तीहरु सम्पर्क विच्छेद भएका छन् । मानसरोवर, गोसाईकुण्ड लगाएतका तिर्थयात्रामा निस्कीएकाहरु सयौंको सख्यामा सम्पर्कमा छैनन् । उनीहरुका परिवारले यात्रामा जानेहरुको खोजि जारी राखेका छन् ।
यसैविच सरकारले रसुवा लगाएतका जिल्लामा तत्काल उद्धारका लागि सेनाका हेलिकप्टर पठाएको छ । सेनाका ३ वटा हेलि त्यसतर्फ गएका छन् । अन्य कम्पनीका हेलिकप्टरलाई पनि तैयारी अवस्थामा रहनका लागि काठमाडौंमा होल्ड गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा विपत व्यवस्थापनको बैठक बसेको छ । सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार र सूचना सम्प्रेषणको काम भइरहेको छ । त्रिशुली नदीको प्रभावित क्षेत्रमा पर्ने गल्छि रसुवागढी र गल्छी देखि नारायणघाट सम्मको सडकमा सवारी आवागमन रोकिएको छ । नदी किनारमा प्रहरीले माईकिंग गरेर सुरक्षित स्थानमा जान भनिरहेका छन् । बाढी अहिले मुग्लिन आसपास पुगेको जनाइएको छ ।
