रामेछाप । रामेछापका दर्जनौ स्थानमा नेपाल टेलिकमको टेलिफोन टिप्दैन् । बर्षौ अघीदेखि टेलिफोन सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्न आग्रह गरेपनि नेपाल टेलिकमले टेरेको छैन् । स्थानीय नागरिक र जनप्रतिनिधिहरुको आग्रहलाई टेलिकमले वेवास्ता गर्दै आएको छ ।

रामेछापको सवै ८ वटै पालिकामा कहिँ न कहि सेवा बाट वंचित रहेका नागरिकहरु छन् । टाढाको रिपिटर टावर संगको सम्बन्ध घाम लागेको बेलामा टिपी हालेपनि विहान बेलुका त्यस्ता गाउँ वस्तीहरु संचार सम्पर्कबाट विमुख हुनुपरेको छ ।

मन्थली नगरपालिकाको भलुवाजोरको मसानटार क्षेत्र, उमाकुण्डको बाम्ती, कुभुकास्थली र गुम्देलको क्षेत्र, रामेछाप नगरपालिकाको देउराली, साँघुटार , रामपुर र हिमगंगाको केहि क्षेत्र, लिखु तामाकोशीको दुरागाउँको केहि क्षेत्र र गोकुलगंगाको केहि क्षेत्रमा संचार सम्पर्क हुदैन् ।

जिल्लाका धेरै गाउँमा अर्को जिल्लामा रहेका रिपिटर स्टेशन संगको सम्पर्कमा टेलिफोन सेवा चलाइएको छ । तर रिपिटर स्टेशनमा समस्या आउदा त्यस्तो क्षेत्रमा रामेछापको टेलिकम पुग्दैन् । हप्तौ सम्म सम्पर्क हुदैन् गुम्देलकी अम्बिका वस्नेतले भनिन् – लिखु पिकेको टावरबाट सम्पर्क हुने हाम्रो गाउँमा त्याँहा बादल लाग्दानै समस्या भोग्नु परेको छ ।

नेपाल टेलिकमको संचार सम्पर्क नभएका स्थानका नागरिकहरुले निर्वाचनको ताका भोट माग्न पुगेका जनप्रतिनिधिहरुलाई पनि आफ्नो गुनासो सुनाएका थिए । उक्त गुनासो लाई प्रतिनिधिसभामा निर्वाचित भएपनि सांसद डाक्टर कृष्णहरी बुढाथोकीले सदनमा समेत कुरा उठाए । तर समस्या जस्ताको तस्तै छ ।

नेपाल टेलिकम मन्थली स्थित कार्यालयका प्रमुख अर्जुनकुमार पोखरेलले टेलिफोन सम्पर्क स्थापित नहुने स्थानमा सेवा दिनका लागि विभिन्न स्थानमा रिपिटर टावर राख्नुपर्ने तर जिल्लाबाट उक्त कार्य सम्भव नभएको वताए । उनले केन्द्रले टावरका लागि ठेक्का लगाउदा देशभरमा एकै साथ काम हुने गरी लगाउने गरेको र रामेछापको पनि सोहि ठेक्काबाट टावर निर्माण हुने वताए । बेग्लै र भनेको समयमा तत्काल टेलिकमको टावर बनाउ भन्दा सकिने अवस्था नभएको उनले स्पष्ट पारे ।

रामेछापमा कहाँ कहाँ टेलिफोन टावर राख्नु पर्ने हो भन्ने कुराको जानकारी माथिल्लो तहको कार्यालयमा गराईसकेको पनि पोखरेलले वताए । पछिल्लो समयमा फोन मात्र नभै ईमेल ईन्टरनेट र सामजिक सञ्जाल चलाउन समेत कठिनाई हुने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । विदेशमा रहने युवा देखि रोजगारीका लागि देशभित्र अन्यत्र रहेका परिवारका सदस्यहरुका विचमा सम्पर्क कायम गर्न पनि समस्या भोगेका स्थानीयले चाडो भन्दा चाडो समस्याको समाधानको लागि दवाव दिदै आएका छन् ।