रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रितिको चण्डेश्वरी माविमा अध्ययन गरेर घर फर्कदै गरेका ५ बर्षका बालक शुसान्त सुनुवारको स्थानीय च्याखेधारा स्थित खोलामा बगेर मृत्यू भएको छ ।

मंगलबार अपरान्ह विद्यालयबाट गौरीखर्क तर्फ जादै गर्दा उनलाई खोलाले बगाएको थियो । सुनुवार मावलीघरमा बसेर पढ्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय प्रितिबाट प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान थालेको जनाएको छ । मंगलबार जिल्लाका अधिकांश स्थानमा मेघ गर्जन सहित भारी बर्षा भएको छ ।