रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी परिसरमा भएको उक्त रक्तदान कार्यक्रम नेपाल प्रहरी श्रीमति संघको ४२ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।