रामेछाप । नेकपा एमालेका महासचिव शंकरप्रसाद पोखरेलले पार्टीमा हिजो भएका कमीकमजोरी हरुमा छलफल र बहस गर्दै अघी बढ्नु पर्ने वताएका छन् ।
‘नेकपा एमालेलाई जनताले तिमीहरुले गल्ति गर्यौ भनेर यो अवस्थामा पुर्याएका हुन्’ पोखरेलले भने – जुन कुरा हामीले स्वीकार पनि गरेका छौं , त्यसलाई कमजोरीको रुपमा लिएर भोलीका दिनमा फेरी नेकपा एमालेलाई सफल बनाउनका लागि पार्टीले जनताको मन जितेर काम गर्नुपर्ने आवश्यक छ ।
नेकपा एमाले रामेछापको कार्यालय भवनको शुक्रबार मन्थलीको आकाशेमा उद्घाटन् गर्दै महासचिव पोखरेलले नेकपा एमालेले विगतमा धेरै काम गरेको उल्लेख गर्दै भने – विकास निर्माण, सामाजिक सुरक्षा लगाएत धेरै राम्रा काम भएका र स्वभाविक रुपमै ति कार्यक्रम मार्फत हरेक घर घरमा सेवा सुविधाको मुल फुट्यो । उनले देशमा छोटो समयमा उल्लेख्य काम गरेपनि त्यस अनुपातमा जनताको आयस्तर बनाउन नसकेको र रोजगारी श्रृजना गर्न नसकेको वताए ।

‘पहिलेको खेतिपातिमा पनि पछिल्लो पुस्तालाई जोड्न नसकेको अवस्था र रोजगारी पनि श्रृजना गर्न पनि सकेनौं ’ पोखरेलले भने – त्यहि भएर नयाँ पुस्ता जोडिएनन्, हामीले उनीहरुको मनोभावना संग पार्टीलाई जोड्न सकेनौं ।
हिजो कमजोरी भए भन्दैमा भोली पनि कमजोरी हुन्छ भन्ने हुदैन भन्दै उनले भने – जसले कमीकमजोरीबाट सिन्दैन, त्यसले काम दिदैन् । समस्याको समाधान छलफल गर्दै कमजोरी सुधार गर्दै एमाले अघी बढ्छ र त्यस कार्यका लागि एमाले सक्षम पनि छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले नेकपा एमालेले निर्वाचन हारे पनि जिते पनि जनता प्रतिको जिम्मेवारीबाट कहिलै बाहिर नहुने वताए । उनले सामाजिक सेवामा एमालेको भूमिका रहेको उल्लेख गर्दै निर्वाचन हार्दैमा सामाजिक कामबाट विमुख नभै निरन्तर जनताको साथमा रहने वताए । रामेछापको विकासमा सबैभन्दा ठुलो हिस्सा एमालेको रहेको ढुंगेलले दावि गरे ।
भवन उद्घाटन कार्यक्रममा एमाले बागमति प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विकास निर्माणमा एमालेले जिल्लामा गरेको योगदानको चर्चा गरे । एमाले केन्द्रीय सदस्य गीता कार्की, बागमति प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ , जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया लगाएतले उक्त कार्यक्रममा आ आफ्ना धारणा राखेका थिए ।
एमाले वित्त विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष होतराज ढकालका अनुसार मन्थली १ आकाशेमा निर्माण भएको उक्त ४ तले भवन कार्यालय, सभाहल, बैठक कक्ष, सचिवालय लगाएत सुविधायुक्त रहेको छ । भवन निर्माणका लागि करिव २ करोड ५० लाख खर्च लागेको जनाइएको छ ।

