रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका २ नबलपुर नजिकै मध्यपहाडि राजमार्गमा रोकिराखेको कारलाई बसले ठक्कर दिएर सुनकोशी नदीमा खसालेको छ ।

आज विहान करिव साँढे १० बजे तिर नबलपुर नजिक बसको ठक्करबाट कार सुनकोशी नदिमा खसेको र सो कारमा ४ जना रहेको जनाइएको छ । उनीहरु रोकेको कारभित्र रहेका थिए । उनीहरुको अवस्था अहिले अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनाको जानकारी आउना साथ खुर्कोट स्थित शसस्त्र प्रहरीको गोताखोर, इलाका प्रहरी कार्यालय खुर्कोट लगाएतका सुरक्षाकर्मी त्यस तर्फ पठाइएको छ । प्रहरीले कार भित्र को को रहेको र सो कार कस्को हो ? भन्ने कुराको बारेमा बुझ्ने काम भइरहेको जनाएको छ । कारको खोजि कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थल रामेछाप , ओखलढुंगा र सिन्धुली जिल्लाकोको सिमा नजिक रहेको छ ।