रामेछाप । नारायणी अस्पताल विरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि सांघातिक आक्रमण गर्नेलाई हदै सम्मको कानुनी कारवाहिको माग गर्दै नेपाल चिकित्सक संघले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर केसीलाई ज्ञापन पत्र बुझाउदै चिकित्सक तथा स्वास्थ्यकर्मीको समूहले जिल्लामा संचालनमा रहेका सवै अस्पतालमा संचालनमा रहेका ओपिडि सेवा ठप्प भएको जनाउ समेत दिएका छन् । मंगलबार देखि अस्पतालहरुमा आकस्मिक बाहेकका अन्य सेवाहरु ठप्प पारि स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरुले उक्त घटनाका दोषि लाई कारवाहि नगरे सम्म काममा नफर्कने चेतावनी समेत दिएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण रामेछापमा मंगलबार देखिनै विरामीहरुले उपचार सेवा पाउन सकेका छैनन् ।