रामेछाप । अबैध रुपमा तामाकोशी नदीबाट मंगलबार विहान नदीजन्य पदार्थ बालुवा निकालेर लोड गर्न थालेका ३ वटा ढुवानीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ति टोलीले ति साधनहरुलाई बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिइएका साधनमा १ ट्याक्टर, १ मिनीट्रक र १ टिपर रहेका छन् । प्रचलित कानुन बमोजिम प्रहरीले नियन्त्रणमा लिएका साधनहरुलाई कारवाहिका लागि बालुवा सहित मन्थली नगरपालिकामा पठाएको थियो । नगरपालिकाले जरिवाना गरि ति साधनहरुलाई मंगलबारनै छोडेको छ ।
प्रहरी निरीक्षक कमल राउतका अनुसार मन्थली नगरपालिकाले टिपरलाई ३० हजार, मिनीट्रकलाई २२ हजार ५ सय र ट्याक्टरलाई १५ हजार जरिवाना गरेको छ ।
