रामेछाप । चिकित्सक माथि आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार आव्हान गरेको देशव्यापी विरोधको कार्यक्रमको असर रामेछापमा परेको छैन् । जिल्ला अस्पताल रामेछाप र मन्थली नगर अस्पतालले विहानै देखि पूर्ववत सेवा संचालन गरीरहेका छन् । मन्थली नगर अस्पताल जिल्लामा विरामीको चाप उच्च हुने अस्पताल हो ।

संघले मंगलबार देशभरका सबै अस्पतालमा आकस्मिक ाहेक अन्य सेवा वन्द गर्ने निर्णय सहित विरोधका कार्यक्रम प्रकाशित गरेको थियो । कार्यक्रम अनुसार मंगलबार सबै अस्पतालमा ओपिडि समेत बन्द गर्ने रहेको छ ।

बिरगंज अस्पतालमा रहेका चिकित्सक माथि आकर्मण र सो सम्बन्धि कारवाहिको माग राख्दा प्रहरी प्रशासनबाट भएको व्यवहार प्रति संघ विरोधमा उत्रिएको हो । संघले पर्साका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत कारवाहिको माग राखेको छ ।