रामेछाप । ४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार रामेछापमा स्वर्गीय पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकाको भंगेरीमा रहेको प्रतिमामा पुष्पगुच्छा चढाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेल, जिल्लाका कार्यवाहक अध्यक्ष होतराज ढकाल लगाएतले पुष्पलाल जन्मथलोमा रहेको पुष्पलाल र गंगालालको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसै उपलक्ष्यमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र पुष्पलाल श्रेष्ठको योगदानको बारेमा पनि विभिन्न वक्ताहरुले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।