रामेछाप । पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार बाट पत्रकार मात्रिका पौडेल पुरस्कृत भएका हुन् । प्रेस चौतारी नेपाल रामेछापले बार्षिक रुपमा प्रदान गर्ने उक्त पुरस्कार पाउने पौडेल पहिलो पत्रकार हुन् । पौडेल नेपाल प्रेस अनलाईनका प्रधान सम्पादक हुन् ।
प्रेस चौतारी नेपाल रामेछापद्धारा बिहिबार रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा पत्रकार पौडेललाई प्रेसचौतारीका महासचिव हिरामान लामाले नगद पुरस्कार २५ हजार सहित सम्मान गरेका थिए । पुष्पलाल स्मृति दिवसको अवसरमा हरेक बर्ष एकजना पत्रकारहरुलाई प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको थियो । पुरस्कारका लागि ५ लाखको कोष पुर्याउने लक्ष्य राखिएको जनाइएको छ ।
कार्यक्रममा महासचिव लामा, नेकपा एमालेका केन्द्रिय सदस्य माधवप्रसाद ढुंगेल, बागमति प्रदेशसभाका सांसद आनन्द श्रेष्ठ, पूर्व प्रदेश मन्त्री शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक , पुरस्कृत पत्रकार मात्रिका पौडेल, नेकपा एमाले जिल्ला समिति रामेछापका कार्यबाहक अध्यक्ष होतराज ढकाल र नेपाल पत्रकार महासंघका जिल्ला सभापति दिपककुमार घिमिरे लगाएतले आ आफ्ना विचार व्यक्त गरेका थिए ।
४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखवहादुर बिकको अध्यक्षतामा भएको थियो ।
