रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ५ पकरवासमा बलात्कारको प्रयास गर्ने एकजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय तिलकवहादुर नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार स्थानीय बलत्कार गर्ने मनसायले रातको समयमा पुगेका नेपालीलाई ति महिलाले खुकुरी निकालेर प्रतिकार गरेकी थिईन् । उक्त घटना पछि फरार रहेका नेपालीलाई मन्थलीबाट पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्धा अभियोजन गर्ने गरी जिल्ला अदालत बाट म्याद थप गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
