रामेछाप । रामेछापको लिखु तामाकोशी २ सैपुको पुलुमा कटहर टिप्ने क्रममा बुधबार एकजना महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटनामा ओखलढुंगा जिल्लाको खिजी देम्बा ३ घर भएकी ४८ बर्षिया लाटी सुनुवारको मृत्यू भएको हो । उनी आफ्नी सानिमाको घरमा बस्दै आएकी थिईन् ।
प्रहरीका अनुसार मंगलबार अपरान्ह रुखमा कटहर टिप्ने क्रममा अकस्मात कटहरको भेट्नु चुडिएर टाउकोमा लागेको र त्यहि प्रहारका कारण लाटी झण्डै १५ तल खसेकी थिईन् । घटनास्थलबाट उनलाई उद्धार गरी सिरीसे स्थित स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौ लैजाने तयारी गर्दा गर्दै उनको मृत्यू भएको हो ।
