रामेछाप । ४४ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले बिपी स्मृति भवन परिसर मन्थलीमा बृक्षरोपण गरेको छ । बुधबार नेपाली काँग्रेसले देशै भरी बिभिन्न कार्यक्रम गरी  बिपी स्मृति दिवस मनाइरहेकाे छ । 

बुधबार केन्द्रीय सदस्य सीता मिजार, कार्यबाहक जिल्ला सभापति नबराज थोकर, उपसभापति लेखवहादुर कार्की, नेताहरु अर्जुन केसी , ध्रुवहरी ढुंगेल र पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र लबश्री न्यौपाने लगाएतको वृक्षरोपण कार्यक्रममा सहभागिता रहेको थियो ।

बिपी स्मृति परिसरमा असोक, एभोकाडो लगाएतका विरुवा रोपण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिले जनाएको छ ।