दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा पर्ने सिप्रिङ खोलामा गए राती आएको बाढीले बगाउदा एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा जसवहादुर तामाङ रहेको जनाइएको छ । उनकाे खाेजि भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खोलाको बाढीका कारण वारपार गर्न नसकेका अन्य ४ जनाको उद्धारको प्रयास भईरहेको छ । खोलामा आएको बाढीले सिप्रिङ खोला जलविद्युत आयोजनाको बाँध क्षेत्रमा ठुलो क्षति पुगेको छ । यद्यपी क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन् । बाढीमा फसेकाहरु जलविद्युत आयोजनाकै कर्मचारीहरु हुन् ।
