रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ र डिभिजन बन कार्यालय रामेछापको संयुक्त प्रयासमा यस बर्ष पनि मन्थली बाटिकामा वृक्षरोपण गरिएको छ ।
साविकको आयुर्वेद औषधालय भन्दा पूर्व तर्फको क्षेत्रलाई उद्योग वाणिज्य संघले डिभिजन बन कार्यालयको सहयोग लिएर गत बर्ष देखि वाटिकाको रुपमा विकास गर्न थालेको हो । गत बर्ष विभिन्न प्रजातिका विरुवा रोपण गरिएकोमा यस बर्ष समेत उक्त स्थानमा थप विरुवा रोपण गरिएको छ ।
गएको शनिबार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा संघका पदाधिकारी तथा डिभिजन बन कार्यालयका कर्मचारी समेतको सहभागितामा विभिन्न जातका विरुवाहरु रोपिएको संघले जनाएको छ । उक्त वाटिकाको विकासका लागि चालु आर्थिक बर्षमा रामेछाप उद्योग वाणिज्य संघ र सरकारी निकायले थप कार्यक्रमहरु समेत संचालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
