रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले मन्थली बजारका विभिन्न स्थानमा फोहोर संकलनका लागि डष्टबिन राखेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मन्थली बजारका विभिन्न टोलमा गएकाे शनिबार देखि डस्टविन राखिएको हो । संस्थाका अध्यक्ष जेएन दाहालका अनुसार डस्टविन राखेर त्यसको संरक्षण रेखदेख र प्रयोगका लागि नजिकै रहेका स्थानीय बासिन्दाहरुलाई आग्रह गरिएको छ । डष्टविन राखेपछि केहि मात्रामा सफाईमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको जनाइएको छ ।
मन्थलीमा नगरपालिकाले फोहोर संकलन गर्ने भएपनि कतिपय व्यवसायी र सर्वसाधरणले फोहोर एकास्थानमा संकलन गरेर गाडि आउदा मात्र निकाल्नु पर्नेमा त्यसो नगरि सडकमै फाल्ने गरेको प्रति पनि उनले चिन्ता जनाएका छन् ।
