काभ्रे । काभ्रेको विभिन्न स्थानमा निरन्तर बर्षा भइरहेकोले बिपी राजमार्गको आवागमन लाई सोमबार दिउँसो देखि प्रहरीले रोकेको छ । काभ्रेको भकुण्डे, मंगलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारी साधन रोकिएका छन् ।

रोशीखोलामा बाढी बढ्दै गएको र बर्षा नरोकिएकाले सवारी आवागमनलाई होल्ड गरिएको काभ्रे प्रहरीले जनाएको छ । बाढीले केहि स्थानमा सडक क्षति समेत गरेको छ । प्रहरीले बाढी घटेपछि र काभे्रे क्षेत्रमा बर्षा रोकिएपछि सडकको अवस्था हेरेर सवारी आवागमन हुन दिने जनाएको छ ।