रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आर्थिक बर्ष २०८२।८३ का लागि बिनियोजन गरेको बार्षिक बजेटको झण्डै ८० प्रतिशत खर्च गरेको छ ।
बिहिबार खाता बन्दी हुदाँ उक्त पालिकाले ७९ दशमलव ३६ प्रतिशत बार्षिक लक्ष्य बमोजिमको वित्तिय प्रगति हासिल गरेको हो । पालिकाले ५९ करोड १ लाख ८० हजार ५ सय १ रुपैंया बार्षिक बजेट स्वीकृत गरेकोमा ४६ करोड ८३ लाख ९७ हजार १ सय ७३ रुपैयाँ खर्च गरेको थियो ।
पालिकाबाट संशोधन सहित स्वीकृत गरेको बार्षिक बजेटमा पूँजिगत खर्च तर्फ ७९ दशमलव १२ प्रतिशत र चालु खर्च तर्फ ७९ दशमलव ५० प्रतिशत खर्च भएको जनाइएको छ ।
