रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा चालु आर्थिक बर्षका लागि लक्ष्य गरिएको खर्च मध्ये विहिबार मध्य राती सम्म ८४ दशमलव ७८ प्रतिशत वित्तिय प्रगति अर्थात खर्च गरेको छ ।

शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठले जारी गरेको सूचना बमोजिम गाउँपालिकाले पूँजिगत तर्फ कुल १५ करोड १२ लाख ७१ हजार ८ सय ४० रुपैयाँ खर्च गरेर लक्ष्यको ७५ दशमलव ३४ प्रतिशत खर्च गरेको हो ।

त्यसैगरी चालु तर्फ ३१ करोड १९ लाख २२ हजार ७ सय ९९ सय रुपैयाँ खर्च गरेर लक्ष्यको ९० दशमलव २६ प्रतिशत खर्च गरेको जनाइएको छ । गाउँपालिकामा कुल बार्षिक बजेट ५४ करोड ६३ लाख ३२ हजार ३ सय ९२ स्वीकृत भएकोमा ४६ करोड ३१ लाख ९४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको थियो ।

शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेर बार्षिक रुपमा सम्पन्न गरेका विकास आयोजनाहरु, कृषि, स्वास्थ्य, शिक्षा, पशुस्वास्थ्य, सामाजिक सुरक्षा र अन्य क्रियाकलापहरुमा भएको उपलव्धिहरुको बारेमा पनि गाउँपालिकाले सर्वसाधारणलाई जानकारी गराएको छ ।