रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक बर्षमा लक्ष्य गरेको पूँजिगत खर्च अनुमानको ७६ दशमलव ५१ प्रतिशत वित्तिय प्रगति ( बजेट खर्च ) हासिल गरेको छ ।

आर्थिक बर्षको खाताबन्दी पछि शुक्रबार सार्वजनिक गरिएको विग्यत्ति अनुसार कुल १८ करोड १२ लाख ६० हजार रुपैयाँ पूँजिगत तर्फका योजनामा खर्च हुने अनुमानित बजेट गाउँसभाबाट स्वीकृत भएकोमा खातावन्दि हुँदा १३ करोड ८६ लाख ७६ हजार ४ रुपैयाँ मात्र खर्च भएको जनाइएको छ ।

त्यसैगरी चालु आर्थिक बर्षका लागि चालु खर्च तर्फ ३९ करोड १८ लाख १४ हजार १७ रुपैयाँ खर्च हुने अनुमान गरि बार्षिक बजेट बिनीयोजन भएकोमा खाता आर्थिक बर्षको हिसाव बन्द हुने अन्तिम दिन बिहिबार मध्यराती सम्म कुल ३१ करोड ७२ लाख, ८६ हजार ६ सय ९९ रुपैंया खर्च भएको छ । उक्त खर्च बार्षिक अनुमानित विनियोजित रकमको ८० दशमलव ९८ प्रतिशत हो ।

उक्त गाउँपालिकाले गाउँसभाबाट संशोधन सहित स्वीकृत बार्षिक बजेटको कुल ( चालु र पूँजिगत दुवै गरी ) ७९ दशमलव ५६ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।