रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ४ सालुका आगलागि पिडित व्यवसायी काशिराम श्रेष्ठ श्रेष्ठलाई रामेछाप उद्योग वाणिज्य संघले आर्थिक सहयोग गराएको छ । उनी सालु बजारमा दुर्गा फेन्सी स्टोर्सका संचालक हुन् ।
संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बिहिबार मन्थलीमा आयोजित कार्यक्रममा व्यवसायी श्रेष्ठलाई राहत उपलव्ध गराएका हुन् । उनको पसल असार ४ गते भएको आगलागिबाट नष्ट भएको थियो ।
रामेछाप उद्योग वाणिज्य संघले श्रेष्ठलाई पुनः व्यवसाय संचालनमा सहयोग होस भन्ने हेतुले राहत स्वरुप २० हजार १ सय १० रुपैया आर्थिक सहयोग उपलव्ध गराएको जनाएको छ । श्रेष्ठ संघका साधारण सदस्य हुन् ।
