रामेछाप । रामेछापको मन्थली नगरपालिका १ नम्बर वडा कार्यालयको बुधबार उद्घाटन गरिएको छ । वडाअध्यक्ष होमप्रसाद पौडेलले उक्त कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

मन्थली नगरपालिकाबाट गत बर्षनै निर्माण सम्पन्न भएको उक्त भवनमा बाहिरी केहि निर्माण कार्य बाँकी रहेकाले एक बर्ष पछि भवनको उद्घाटन भएको हो । भवन नहुदाँ यसअघी जिल्ला समन्वय समितिको भवनमा वडा कार्यालय संचालन हुदै आएको थियो । उद्घाटन पछि अव वडा कार्यालयको सम्पूर्ण काम सोहि भवनबाट सम्पादन हुने वडा सचिव शेषराज पौडेलले जनाएका छन् ।

कार्यक्रममा वडा भित्र वसोवास गरेका ८४ जना जेष्ठ नागरिक ( पुरुष) लाई जुवारीकोट, टोपी र खादा लगाईदिएर सम्मान गरिएको थियो भने ५१ जना दुग्ध किसानहरुलाई क्यान वितरण गरिएको थियो ।