काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरीया–नेपालको प्रथम बार्षिक साधारण सभा तथा अधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिम खड्काको अध्यक्षतामा भएको उक्त साधारण सभा तथा अधिवेशनको प्रतिनिधि सभा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए ।
अधिवेशनले पुरुषोत्तम गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नरवहादुर तामाङ र विदुर खड्का, महासचिवमा पुष्कर प्रसाद घिमिरे सचिवमा पवित्रा भण्डारी र कोषाध्यक्षमा मेघराज खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण गौतम, राजनप्रसाद प्रसाई, नबराज अधिकारी र सुजन श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा अर्थ समिति सभापति कृष्णहरी बुढाथोकी, बागमति प्रदेशसभाका सांसद युवराज चौलागाई, पूर्व प्रदेश मन्त्री तथा एमाले नेता शान्तिप्रसाद पौडेल, नेपाली काँग्रेसका युवा नेता रामकृष्ण खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका होमवहादुर कार्की, साहित्यकार अमरदिप सुनुवार र चण्डेश्वर चौलागाईले संस्थाको बार्षिक साधारण सभा तथा अधिवेशनको शुभकामना दिएका थिए ।
रामेछाप जिल्लामा स्थायी ठेगाना भएका र विभिन्न काम र अध्ययनको सिलसिलामा कोरीयामा रहेकाहरु विच परस्पर सम्बन्ध र समन्वय गर्ने, समस्याहरुको समाधान गर्ने र सामाजिक विकास गर्ने संस्थाको उद्धेश्य रहेको जनाइएको छ ।
