रामेछाप । कुमारी बैंक लिमिटेड मन्थली शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रामेछापको मन्थली नगरपालिका ७ मुगिटार स्थित रुद्राक्षेश्वर माविमा अध्ययन गर्ने बालबालिकाहरुका लागि खानेपानी डिस्पेन्सर उपलव्ध गराएको छ ।

विद्यालयमा अध्ययन गर्ने झण्डै १ सय विद्यार्थीहरुलाई पुग्ने उक्त डिस्पेन्सर विद्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको उक्त शाखाका दिनेश कार्कीले जनाएका छन् । त्यसैगरी सोहि विद्यालयमा सिकाई उपलव्धिका लागि एक थान साउण्ड सिष्टम समेत हस्तान्तरण गरिएको छ ।

बैकका शाखा प्रबन्धक ईश्वर पौडेलले शुक्रबार आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकबाट हरेक बर्ष केहि न केहि रचनात्मक र समाजलाई सहयोग पुग्ने खालका काम गर्दै आएको उल्लेख गरे ।