रामेछाप । प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले जिल्लाका समस्याहरुको समाधानमा सवै क्षेत्र संग हातेमालो गरेर अघी बढ्ने वताएकी छिन् ।
पाल्पा जिल्लाबाट सरुवा भएर बुधबार देखि रामेछापको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी कुँवरले स्थानीय प्रशासनले शान्ति सुरक्षा, अमनचयन र नागरिकको सेवाका लागि सवैको साथ र सहयोग लिएर सुशासन प्रबद्र्धनका लागि काम गर्ने वताएकी छिन् । पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरु संग भेटघाट गरेर जिल्लाका समसामयिक विषयहरुको जानकारी र त्यसका लागि उनीहरुको अपेक्षाहरुको पनि प्रजिअ कुँवरले जानकारी लिएकी छिन् ।

जिल्लामा जलविद्युत आयोजनाहरुले विगत देखि हाल सम्म गरेका मनोमानी, नदी दोहन, यातायात व्यवस्थापन, बजार अनुगमन लगाएतका जिल्लामा देखिएका समस्याहरुको संचारकर्मीहरुले जानकारी गराएका र सुधारको अपेक्षा गरेका थिए ।
यसैविच उद्याेग बाणिज्य संघले शुक्रबार आयाेजना गरेको स्वागत कार्यक्रममा प्रजिअ कुँवरले निजी क्षेत्र सगकाे सहकार्यमा सरकारले काम गर्दै आएको वताउदै वजार अनुगमन विपद जस्ता कार्यमा सहयाेग गर्न आग्रह गरेकी छिन् । उनले व्यवसायिले मूल्यसूचि र प्रयाप्त खाद्यान्न भण्डारका ध्यान दिनु पर्ने वताइन ।
