काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंको अध्यक्ष पदमा अधिवक्ता उज्ज्वल राम घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्। घिमिरे रामेछापको गोकुलगंगा ४ बेताली निवासी कानुन व्यवसायी हुन् ।

डीएलएसँग आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै घिमिरेले संगठनलाई सशक्त बनाएर लैजान अध्यक्ष पदका लागि उम्मेदवारी प्रस्तुत गरेको वताएका छन् ।

घिमिरेले डीएलएलाई केवल व्यावसायिक संस्थाका रूपमा मात्र नभई लोकतन्त्र, विधिको शासन तथा कानुनी पेशाको गरिमालाई सुदृढ गर्ने साझा अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । देशको अवस्थालाई अवसरसँगै चुनौतीका रूपमा लिँदै त्यसलाई सामूहिक प्रयासले उपलव्धिमुलक बनाउनु पर्नेमा उनको जोड रहेको छ ।

“म कुनै व्यक्तिको होइन, विचारको उम्मेदवार हुँ,” घिमिरेले भने – सबै सदस्यलाई समेटेर संगठनलाई नयाँ ऊर्जा र नयाँ सम्भावनातर्फ अघि बढाउने छु।