रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ को लिसिम्पानी जंगलमा भिषण डडेलो लागेको छ । आज मध्यान्ह देखि लागेको उक्त डडेलो ठुलो क्षेत्रमा फैलने क्रम जारी छ ।

सल्लाको जंगल भएकाले तिव्र रुपमा डडेलो फैलिएको र स्थानीयले नियन्त्रण लिन सक्ने अवस्था नभएको वताइएको छ । जंगलको पश्चिमीदक्षिण छेउमा सडक भएपनि उक्त सडकमा पुग्ने दमकलले आगो निभाउन सक्ने अवस्था नभएको स्थानीयले वताएका छन् । गाउँमा मानिसहरुको मद्धत समेत नभएकोले डडेलो नियन्त्रणको प्रयास समेत थालिएको छैन् । डडेलो लागेको क्षेत्रमा २ वटा घर रहेको वताइएको छ ।