रामेछाप । गाउँपालिकाको कार्यालय र परिसरमा कर्मचारी माथि हातपात भएको भन्दै रामेछापको खाँडादेवि गाउँपालिकाका प्राविधिकहरुले बिहिबार मध्यान्ह देखि सम्पूर्ण कामकाज रोकेका छन् । सुरक्षाको प्रत्याभुति र दोषि उपर कानुनी कारवाहि नभए सम्म काममा नफर्कने कुराको उनीहरुले चेतावनी दिएका छन् ।
खाँडादेवि गाउँपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र ढुंगेलका अनुसार खाँडादेवि ५ का प्रेम तामाङले खानेपानी योजनामा विनीयोजन भएको सम्पूर्ण रकम बराबर काम गरेको भन्दै पुरै रकम भुक्तानी पाउने गरी मूल्यांकन गर्न दवाव दिएका थिए । प्राविधिकले उक्त योजनामा जति काम भएको छ, त्यतिको मात्र मूल्यांकन गरेपछि उनले कर्मचारी माथि गालिगलौज गर्ने, हातपात गर्ने र ज्यान लिने सम्मको धम्की दिएका थिए । जम्मा १ लाखको खानेपानी योजनामा खन्ने र पूर्ने कामको लई भएपनि उनले उक्त कार्य नगरेकोले प्राविधिकहरुले नगरेको कामको मूल्यांकन घटाईदिएका थिए ।
ईन्जिनियर ढुंगेलका अनुसार प्राविधिक कर्मचारीहरु मध्ये करार सेवामा कार्यरत ३ जनाले प्रमुख प्रशासकिय अधिकृत समक्ष राजिनामा वुझाएका छन् । राजिनामा वुझाउनेमा तामाङबाट हातपात र दुव्र्यवहार सहेका सव–ईन्जिनियर हरी मानन्धर र चन्द्रशेखर घिमिरे छन् । पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले उनिहरुको माग प्रति प्रतिवद्धता जनाउदै सुरक्षाको प्रत्याभुति, दोषि उपर कारवाहि लगाएतको माग राखेर विज्ञप्ति जारी गरेका छन् ।
यसैविच प्राविधिक कर्मचारी माथि हातपात गर्ने तामाङलाई ईलाका प्रहरी कार्यालय चोप्रांङले नियन्त्रणमा लिएको जनाइएको छ ।
