रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३।०८४ का लागि ८० करोड ८६ लाख ५० हजाार, ४ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले उक्त अनुमानित बजेट प्रश्तुत गरेकी हुन् । प्रश्तुत बजेट मध्ये चालु तर्फ ५१ करोड ४ लाख २० हजार र पूँजिगत तर्फ २९ करोड ४२ लाख ३० हजार ४ सय ४६ रुपैयाँको व्यय हुने अनुमान गरिएको छ । आगामी आर्थिक बर्षमा आन्तरिक आय तर्फ १ करोड २३ लाखको प्रक्षेपण गरिएको छ ।

नगरप्रमुख लबश्री न्यौपानेले आगामी आर्थिक बर्षमा नगरपालिकाले लिने निती तथा संचालन गर्ने कार्यक्रमहरु प्रश्तुत गरेका थिए । उनले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सुशासन, न्यायीक समितिलाई प्रबद्र्धन, स्थानीय श्रोत परिचालन, रोजगारी श्रृजना लगाएतका विषय निति तथा कार्यक्रममा समावेश गरेका छन् ।