रामेछाप । २०७६ साल असारमा भएको सबारी ज्यान तथा अङगभंङ्ग सम्बन्धि फैसलामा दोषि ठहर भएका एकजना सवारी चालकलाई ७ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ५ का खगेन्द्र दर्लामी मगर छन् । उनलाई ईलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको टोलीले सोमबार काठमाडांै बाट पक्राउ गरेर रामेछाप जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला अदालत सिन्धुलीले दर्लामी विरुद्धको मुद्धामा २०७६ असार ११ गते फैसला गर्दै ३ बर्ष ११ महिना ५ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार जिल्ला अदालत रामेछापको थुनुवा आदेशले दर्लामीलाई कारागार कार्यालय रामेछापमा बुधबारनै चलान गरिएको छ ।