रामेछाप । रामेछाप विमानस्थलबाट बर्षको २ वटा पर्यटकिय सिजनमा लुक्लाका लागि उडान हुदै आएपनि अरु महिना विमानस्थल बन्द हुदै आएकोमा पर्यटन व्यवसायी लगाएतले उक्त विमानस्थलबाट बाह्रै महिना उडान गराउन दवाव दिने उद्धेश्यले हस्ताक्षर संकलन थालेका छन् ।
सगरमाथा आरोहणका लागि जाने पर्यटकिय सिजनमा लुक्ला तर्फ यात्रु ओसार्नका लागि बर्षमा दुई सिजन रामेछाप विमानस्थ खचाखच हुने भएपनि अरु बेलामा उडान अवतरण बन्द हुने गरेको छ । स्थानीयले लुक्लाका लागि हुने सवै उडानहरु नियमित र स्थायी रुपमानै रामेछाप विमानस्थलबाट संचालन गर्नका लागि माग गर्दै आएका थिए ।
सम्बन्धित निकायले यस बारेमा चासो नदिएपछि आईतबार रामेछापको मन्थलीमा आयोजित जिल्लाको पर्यटन प्रर्बद्धन सम्बन्धि कार्यक्रममा स्थायी रुपमै विमानस्थलको संचालनका लागि दवाव श्रृजना गर्न हस्ताक्षर अभियान थालिएको हो । अभियानकाे नेपाल उद्याेग बाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष सुरकृष्ण बैद्य र मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले शुभारम्ब गरेका छन् ।
अभियानका अगुवा तामाकोशी मरिण एडभेन्चर का सागरहरी अधिकारीले बढी भन्दा बढी हस्ताक्षर सहित रामेछाप विमानस्थलबाट लुक्ला तर्फको स्थायी उडान हुने व्यवस्थाका लागि नेपाल नागरिक उड्यन प्राधिकरणमा बुझाउने वताएका छन् ।
अस्थायी रुपमा मात्र विमानस्थल संचालन गर्दा जिल्लाको पर्यटन क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई गाह्रो भएको, विमानस्थल आसपास गुणस्तरिय सेवा दिने खालका होटल रेण्टुराको विकास गर्ने सवालहरु विमानसेवाको स्थायित्वको कुरा गाँसिएकोले सरकार संग उडानको स्थायीत्वको लागि माग गर्न लागिएको अधिकारीले वताए ।
हाल रामेछापमा आउने पर्यटकहरुका लागि गुणस्तरीय खानावस्न लगाएत पर्यटन पूर्वाधारको अभाव रहेको भन्दै काठमाडौंमा राखिएका पर्यटकहरुलाई राति उठाएर गाडिमा रामेछाप विमानस्थल सम्म ओसार्ने अनि त्याहाँ बाट सोलु लैजाने गरीएको प्रति पनि रामेछापका व्यवसायीहरुले आपत्ति जनाएका छन् । ‘हामी गुणस्तर सेवा र पर्यटकलाई सन्तुष्टि दिन्छौं तर त्यसका लागि पर्यटकहरुलाई मन्थलीको आगमनलाई स्थायीत्व दिने वातावरण राज्यले मिलाईदिनु पर्छ’ होटल व्यवसायी संघका शेखरमान श्रेष्ठले भने – बल्ल बल्ल बर्षमा दुई सिजन गरेर झण्डै ५ महिना विमानस्थल चलाउने र त्यस मार्फत हुने उडानका लागि यात्रु काठमाडौंबाटै ओसार्ने हो भने कसरी व्यवसाय प्रबद्र्धन र लगानी वृद्धि हुनसक्छ ? ।
काठमाडौं विमानस्थलमा उडान र अवतरणको लागि लामो समय सम्म प्रतिक्षा गर्नुपर्ने भएको र लुक्ला तर्फको मौसम छिन छिनमा परिवर्तन भइरहने हुनाले पनि रामेछाप विमानस्थल प्रयोग गरेर सिजनमा पर्यटकहरुलाई लुक्ला लैजाने र ल्याउने गरिएको हो । रामेछाप विमानस्थल खुला हुने र सोलुको लागि छोटो दुरीमा पर्ने भएकाले पनि चाहेको जति उडान गर्न सक्ने अवस्था छ । रामेछाप विमानस्थल प्रयोग गरेर निजी क्षेत्रका बायुसेवा कम्पनीहरु तारा, सीता र समिट एयरले दैनिक सरदर ५० उडान र अवतरण गर्ने गर्छन् । सिजन सकिएपनि विमानस्थल वन्द हुने गरेको छ ।
