रामेछाप । रामेछापको मन्थली नगरपालिका ८ मा पर्ने सानीबेशी क्षेत्रमा सोमबार बारीमा आएका बाँदर धपाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका वृद्ध ठेटवहादुर ढुंगेल खत्रीको शुक्रबार निधन भएको छ ।

भरबाट लडेर घाईते भएका ढुंगेललाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पताल ल्याइएकोमा मन्थली अस्पतालले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको थियो । उक्त अस्पतालमा समेत उपचार संभव नहुदा उनलाई काठमाडौं लगेर उपचार गर्ने प्रयास गरेपनि बचाउन नसकेको परिवारका सदस्यले जनाएका छन् ।

७६ बर्षिय ढुंगेललाई बिहिबार राति अस्पतालबाट घर फर्काइएको थियो । शुक्रबार विहान उनको आफ्नै निजी निवास सानीबेशीमा निधन भएको हो । स्वर्गीय ढुंगेलको शुक्रबारनै अन्तिम संस्कार समेत गरिएको छ ।