रामेछाप । विश्व वातावरण दिवस ( जुन ५ ) को अवसरमा जेसिआई रामेछापले शुक्रबार बृक्षरोपन गरेको छ । जेसिआईका पदाधिकारीको सहभागितामा मन्थली नगरपालिका ३ ठुलीमदौमा बृक्षरोपन गरिएको हो ।

यसैविच सोहि दिवसको अवसरमा मन्थली नगरपालिकाको हाटेचौरमा शुक्रबार सरसफाई समेत गरिएको छ । सरसफाई कार्यक्रममा जनप्रतिनिधि सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।