रामेछाप । गृह मन्त्रालयले रामेछाप सहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार सरुवा गरेको छ । गृह मन्त्रालयले १६ जना सहसचिवको सरुवा गर्ने क्रममा १३ जना प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । दुई जना सहसचिवको सरुवाको निर्णय १० दिन अघी भएको थियो ।

सरुवाको निर्णय अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । थापा १३ महिना अघी रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका थिए । मन्त्रालयले रामेछापका लागि हाल पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत बिनु बज्राचार्य कुँवरलाई सरुवा गरेको छ ।  रामेछापबाट केहि दिन अघी मात्र प्रहरी नायव उपरिक्षक भोला भट्टको सरुवा भएको थियो ।