रामेछाप । गणतन्त्र दिवस २०८३ को अवसरमा शुक्रबार साँझ रामेछापको मन्थली स्थित देबकोटाचौकमा दीप प्रज्वलन गरिएको छ ।
जिल्ला स्थित विभिन्न संघ संस्थाहरुको सहकार्यमा गणतन्त्र दिवस जिल्ला स्तरिय समिति रामेछापले उक्त दीप प्रज्वलन कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, कर्मचारी, गैसस पदाधिकारी, संचारकर्मी, उद्योगी व्यवसायी लगाएतको सहभागिता रहेको थियो ।
