रामेछाप । रामेछापको रेडियो झंकारका स्टेशन म्यानेजर युवराज श्रेष्ठ सुशासन पत्रकारिता पुरस्कार २०८३ बाट पुरस्कृत भएका छन् । पुरस्कारको राशी ५० हजारको रहेको छ ।
शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा पत्रकार श्रेष्ठलाई उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले श्रेष्ठलाई सम्मान सहित पुरस्कार हस्तान्तरण गरेका छन् । पत्रकार श्रेष्ठ आदिबासी पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष समेत रहेका छन् ।
१८औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा खोज पत्रकारिता पुरस्कार पोष्टराज अधिकारी, विकास पत्रकारिता पुरस्कार सुनिता विष्ट, प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार रामहरी कार्कीलाई प्रदान गरिएको थियो ।
