रामेछाप । गणतन्त्र दिवस २०८३ को अवसरमा बिहिबार मन्थली र रामेछापमा गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
गणतन्त्र दिवस जिल्ला स्तरिय समिति रामेछापको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा मन्थलीमा १४ र रामेछापमा ११ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।
