रामेछाप । रामेछाप नगरपालिका ८ बाबियाखर्कको थुम्की स्थित गोलाईमा सोमबार साँझ दुई सवारी साधन जुध्दा २ जना संचारकर्मी घाईते भएका छन् ।

मन्थली बाट रामेछाप जादै गरेको कार र रामेछापबाट मन्थली तर्फ आउदै गरेको टिपर एक अर्कामा जुधेका थिए । त्यस क्रममा टिपरको ठक्करले कारमा रहेका कानुन व्यवसायी तथा संचार उद्यमी सौजन्यप्रसाद सत्याल र संचारकर्मी सर्मिला बिसुन्के घाईते भएका छन् । टिपरको ठक्करले कारमा क्षति पुगेको छ ।

घटनास्थलबाट घाईते दुवैको उद्धार गरी रामेछाप अस्पतालमा उपचारका लागि लगिएको छ । अस्पतालले दुवै जना खतरामुक्त रहेको र उपचार जारी रहेको जनाएको छ । दुर्घटनामा परेका दुवै साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।