रामेछाप । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको प्राविधिक टोलीले मन्थली नगरपालिका भित्रका व्यवसायीहरुको तौलका उपकरणहरुको परिक्षण, अद्यावधिक र दर्ता प्रमाण पत्र दिने कार्य शुक्रबार मन्थलीमा आयोजना गरेको छ ।

उक्त शिविरमा मन्थली नगरपाकिला भित्रका ८८ जना व्यवसायीहरुले प्रयोग गर्दै आएका ढक, तराजु, डिजिटल तराजु, मिटर, लिटर जस्ता उपकरणको परिक्षण, अद्यावधिक, नविकरण र दर्ता प्रमाण पत्रको सेवा पाएका थिए ।

रामेछाप उद्योग वाणिज्य संघ र मन्थली नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिलकुमार यादव लगाएतको प्राविधिक टोलीले सेवा पु¥याएको थियो ।

उक्त कार्यालयले यसअघी रामेछाप उद्योग वाणिज्य संघको सहकार्य र स्थानीय तह संग समन्वयमा सुनापति र खाँडादेविमा नाप तौलका साधनको परिक्षण, अद्यावधिक, नविकरण र दर्ता समेत गरिएको थियो ।