रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकामा बुधबार नापतौल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १ सय ५१ औं विश्व नापतौल दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा साझेदार संस्थाहरुका विचमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघ र खाँडादेवि गाउँपालिकाको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खाँडादेवि गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले व्यापारिक कार्यमा प्रयोग हुने नापतौलका साधनहरु चुस्त दुरुस्त राख्दा राज्यबाट व्यवसायीले भोग्नुपर्ने कारवाहिको भय नहुने र उपभोक्ताहरुले सहित परिमाणमा वस्तु प्राप्त गर्ने हुदाँ सवैले यस प्रकारका कार्यमा समयमानै सचेत र साबधानी हुनुपर्नेमा जोड दिईन् ।

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिलकुमार यादवले कार्यालयबाट प्रदान हुने सेवाहरुको साथै नाप तौल सम्बन्धि कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । साे कार्यक्रममा रामेछाप उद्याेग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष आकाश रिजाल र खाँडादेवि  गाउँपालिका १ का वडाअध्यक्ष  रामकुमार श्रेष्ठले समेत कार्यक्रमकाे बारेमा धारणा राखेका थिए । 

सो अवसरमा खाँडादेवि गाउँपालिका भित्र विभिन्न पेशा व्यवसाय गर्ने व्यवसायीहरुले प्रयोग गर्दै आएका ढक, तराजु, मिटर, लिटर परिक्षण तथा प्रमाणिकरण समेत गरिएको छ ।