रामेछाप । मन्थली नगरपालिका १ को बसपार्क नजिकै तीन बर्ष अघी सडक चौडा पार्ने गरी थालिएको कार्य अझै पुरा भएको छैन् । सडकको लागि पर्खाल लगाउने र माटो भर्ने काम भएपनि सर्वसाधारणले त्यसको प्रयोग गर्न पाएका छैनन् । साँघुरो सडकमा दुर्घटनाको भय उत्तिकै छ ।
साविकको साँघुरो सडक भएको स्थानमा चौडा पार्ने काम अलपत्र छोडिएको छ । सडकका लागि तयार पारिएको भाग भित्रै रुख र विद्युत तथा टेलिफोनका पोलहरु छन् । तिनलाई हटाउनका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् ।
बसपार्क नजिकैको उक्त दृष्यले दुई बर्ष भन्दा बढी अवधि देखि सवैलाई गिज्जाईरहेको छ । डिभिजन सडक कार्यालय खाल्टेका अनुसार यस बर्ष पनि उक्त सडकका लागि काम गर्ने योजना रहेको छ । तर आर्थिक बर्ष सकिन लाग्दा समेत काम थालिएको छैन् । विस्तार गरिएको क्षेत्रमा रहेका पोल र रुख हटाएर कालोपत्र गर्ने योजना रहेको वताइएको छ ।
