रामेछाप । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको ३३ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापद्धारा मदन आश्रितको सालिकमा माल्यार्पण गरिएको छ ।

मन्थली नगरपालिका १ मा रहेको मदन आश्रित चोकमा रहेको सालिकमा माल्र्यापण पछि सो पार्टीको आयोजनामा मदन –आश्रितले पार्टीमा गरेको योगदान र समसामयिक विषयमा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख आश्रितको पाेखराबाट चितवन जाने क्रममा चितवनकाे दासढुंगामा जीप दुर्घटनामा परि मृत्यू भएको थियाे ।