भक्तपुर । शनिबार विहानै देखि काठमाडौंको थापाथली र गैरीगाउँको सुकुम्बासी वस्ती उठाउदा हौसियको सरकारले अपरान्ह भक्तपुरको मनहरा स्थित सुकुम्बासी वस्ति हटाउदा खोज्दा झडपको सामना गर्नुपरेको छ ।

वस्तिमा डोजर चलाउन थालेपछि स्थानीय बासिन्दाले प्रहरी माथि ढुंगामुढा प्रहार गरेका थिए । त्यस क्रममा प्रहरी बृत थिमीका प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना सहित १४ जना प्रहरी घाईते भएका छन् । तनावग्रस्त क्षेत्रमा रिपोटिङका लागि पुगेका १ जना पत्रकार समेत घाईते भएको प्रहरीले जनाएको छ ।
स्थानीयको अवरोध भएपछि शनिबार साँझ वस्तिबाट डोजर फर्काइएको छ । यद्यपी आईतबार विहानै वस्ति हटाउनका लागि डोजर पठाउने तयारी रहेको जनाइएको छ ।

शनिबार विहान थापाथलीमा पसेको ठुलो प्रहरी, सरकारी अधिकारी र मेसिन औजारले उक्त वस्तिका घर टहरा भत्काएको थियो । दिउँसो तिनकुने गैरीगाउँका घर टहरा हटाइएको थियो । यद्यपी कतिपय सुकुम्बासीहरुले पूर्व सूचना बमोजिम आफ्ना घरका सामान र घर निर्माणमा प्रयोग भएका सामाग्री समेत आफैले हटाएका थिए ।

सरकारले विस्तापित सुकुम्बासीहरुको प्रमाणिकरणको काम सगंै उनीहरुलाई विभिन्न सरकारी भवनहरुमा तत्कालका लागि व्यवस्थापन गर्न थालेको छ । किर्तिपुर, भक्तपुरको खरिपाटी, नागार्जुन लगाएतको क्षेत्रमा उनीहरुलाई राख्ने जनाइएको छ । केहिलाई शनिबारनै त्यस्ता संरचनामा पु¥याइएको छ । अन्यत्र जग्गा जमिन नहुने वास्तविक सुकुम्बासी लाई मात्र तत्कालका लागि अन्यत्र वसोवास गराउने र प्रमाणिकरण गरी परिपत्र पत्र वितरण गर्ने तयारी छ । उक्त कार्य सम्पन्न पश्चात सरकारले स्थायी रुपमा उनीहरुलाई व्यवस्थाापन गर्नका लागि जग्गा वितरण गर्ने योजना बनाएको छ ।