रामेछाप । शनिबार अपरान्ह बनेपा र काभ्रेका विभिन्न स्थानमा भारी बर्षा भए सगैं बिपी राजमार्ग अस्थायी रुपमा बन्द गरिएको छ । काठमाडौंका लागि छुटेका र काठमाडौंबाट बाहिरीएका सयौं सार्वजनिक र निजी सवारी साधनहरु विच सडकमानै रोकिएका छन् । बर्षा रोकिएर खोलाको अवस्था अध्ययन गरेपछि मात्र रोकिएका सवारी साधनलाई गन्तव्यमा जान दिइएने प्रहरीले जनाएको छ ।

बर्षा लाग्नु अगावै पटक पटक बिपी राजमार्ग रोकिने गरी बाढी आईरहेको छ । अस्थायी रुपमा डाईभर्सन निर्माण गरी खोलाबाटै सवारी संचालन हुदै आएको उक्त राजमार्गको नेपालथोक चौकीडाडाँ खण्डमा बाढीको उच्च जोखिम छ ।

सरकारले २०८० साल असोजको दोश्रो साता आएको बाढीले क्षतिग्रस्त पारेको विपी राजमार्गको पुननिर्माणका लागि ठेक्का लगाएको र उक्त ठेक्का अन्तरगत धमाधम सडक निर्माण भइरहेकोले अस्थायी डाईभर्सन बाट सवारी साधन संचालन गराइएकोमा बर्षा लागेपछि पुरानै सडक मार्ग बाट अस्थायी रुपमा भएपनि सवारी संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।