काठमाडौँ– नयाँ सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ती अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन् । यसले अर्थतन्त्र, रोजगारी, राजस्व सङ्कलन तथा पूर्वाधार निर्माणमासमेत गम्भीर असर पार्न सक्ने उनीहरूको चेतावनी छ ।
व्यावसायिक संस्थाहरूले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाउँदै आर्थिक कसुरका मामिलामा “पहिले सुन्ने र कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्ने” दृष्टिकोण अपनाउन सरकारसँग आग्रह गरेका छन् ।
उद्यमी व्यवसायीहरू अनुसन्धानमा पूर्ण सहयोग गर्न र प्रहरी बोलाएको समयमा उपस्थित हुन तयार हुँदाहुँदै पनि आर्थिक कसुरकै अभियोगमा पक्राउ गरिनुले समग्र निजी क्षेत्र चिन्तित र दुःखी बनेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले उद्योगी व्यवसायीमाथिको धरपकडले व्यक्ति मात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र तथा समग्र आर्थिक प्रणालीमै गम्भीर धक्का पुग्न सक्ने बताएका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रलाई समेत सहभागी गराउन थालेको कदमलाई सकारात्मक रूपमा लिइएको उल्लेख गरिएको छ । साथै, निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति मन्त्रिपरिषद्बाट पारित भइसकेको अवस्थामा भइरहेका धरपकडका घटनाले निजी क्षेत्रलाई थप सशंकित बनाएको उनीहरूको भनाइ छ ।
ती संस्थाहरूले कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पारेका छन् । तर, नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानेको व्यवस्थालाई सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ ।
विगत चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ निर्वाचनपछि बनेको बलियो सरकारबाट व्यवसायमैत्री नीति र व्यवहारको अपेक्षा गरिएको अवस्थामा यस्ता गतिविधिले लगानी अभिवृद्धि र लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्ने निजी क्षेत्रको चिन्ता छ ।
निजी क्षेत्रले देशको समृद्धि निजी लगानी र उद्यमशीलताको उत्साहबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई यस विषयमा गम्भीर बन्न पनि आग्रह गरेको छ ।
उद्यमी व्यवसायीमाथिको धरपकडले निजी क्षेत्र त्रसित : तीन प्रमुख व्यावसायिक संस्थाहरुद्धारा सरकारको ध्यानाकर्षण
6 महीना पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 घन्टा पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 घन्टा पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
1 दिन पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
